सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

दर्लामीको उपन्यास ‘मारीखोलाको ढुङ्गो’ लोकार्पित

२०८० चैत्र २४, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सशस्त्र द्वन्द्वकालको कथा–व्यथामा आधारित लेखक जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुङ्गो’ आज लोकार्पित भएको छ ।

पब्लिकेसन नेपालयद्वारा आयोजित कार्यक्रममा उपन्यासको कथा–कालमा जन्मिएकी इभा काफ्लेलाई लेखक दर्लामीले पुस्तक हस्तान्तरण गरेर उक्त उपन्यास लोकार्पण गरिएको हो । सो अवसरमा मुलुक द्वन्द्व र सङ्कटकालमा हुँदा जन्मिएकी इभाले सशस्त्र द्वन्द्वबारे आफू र आफ्नो पुस्ताको बुझाइका साथै ‘मारीखोलाको ढुङ्गो’ पढ्दाको आफ्नो अनुभूति सुनाउनुभयो ।
“समाज विज्ञानको विद्यार्थी भए पनि हामीले द्वन्द्वकालबारे कक्षाकोठामा पढ्नै पाएनौँ, घरघरमा कथा सुनाउने चलन पनि अब छैन”, पठन अनुभव सुनाउँदै इभाले भन्नुभयो, “चिन्दै नचिनेको देश हामीले कसरी बनाउने ? हामी कहाँबाट आयौँ ? अहिले कहाँ छौँ ? यस्ता प्रश्नको जवाफ मैले यो उपन्यासमा पाएँ ।”
अर्घाखाँचीको विकट मानिने सिलिङखोलामा जन्मिएका लेखक दर्लामी हाल बुटवल बस्दै आउनुभएको छ । यसअघि उहाँका दुई उपन्यास तथा ‘नेपालको राजनीतिमा अर्घाखाँची’ सोधमूलक पुस्तक प्रकाशित भइसकेका छन् ।
पब्लिकेसन नेपालयकी प्रमुख कार्यकारी सैजन मास्केले नेपाली समाजको सङ्घर्ष, सपना र यथार्थ चित्रण गर्ने आख्यान वा गैह्रआख्यान दुवै विधाका पुस्तक प्रकाशनका क्रममा ‘मारीखोलाको ढुङ्गो’ जस्तो सुन्दर उपन्यासको जिम्मेवारी लिएको बताउनुभयो । कूल एक सय ३४ पृष्ठको सो कृति पुस्तक विश्वभरका पाठकले अमेजनका माध्यमबाट पनि खरिद गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पन्ध्रौं डी सिने अवार्डमा मकवानपुरका गौतम पुरस्कृत

न्युजिल्यान्डमा बाल पुस्तक “नेपाली मातृभाषा क ख कोसेली” लोकार्पण

आचार्यलाई ‘शब्दयात्रा अङ्गुरबाबा जोशी शिक्षक सम्मान’ प्रदान गरिने

गण्डकी प्रज्ञा–प्रतिष्ठानले सातजना स्रष्टालाई सम्मान गर्ने

महोत्तरीका वरिष्ठ पत्रकार गोपाल बराललाई प्रेस स्वतन्त्रता सेनानी पदवीवाट सम्मान

‘आमसञ्चारको परिचय’ पुस्तक बजारमा

लिपिबद्ध गरिँदै साल्पा-सिलिचुङको मुन्दुमी मिथक

मेयर बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक

छिन्नलता गीत पुरस्कारको घोषणा

जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रदर्शनी

तारिणीप्रसाद कोइरालाको उपन्यास “प्रभा” सार्वजनिक

‘आर्टिष्ट कलाकारलाई स्थानीय स्तरबाट संरक्षण गर्नुपर्छ’