सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रहरी वरिष्ठ नायब निरीक्षक भण्डारीको उपन्यास ‘दृष्टिपथ’ विमोचन

२०८० चैत्र २४, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ: प्रहरी वरिष्ठ नायब निरीक्षक एवं उपन्यासकार गोपीराम भण्डारीको उपन्यास ‘दृष्टिपथ’ विमोचन गरिएको छ । मुक्तिनाथ दर्शन साहित्य समाजले आज यहाँ आयोजना गरेको कार्यक्रममा उपन्यासकार भण्डारीद्वारा लिखित उपन्यास ‘दृष्टिपथ’को विमोचन गरिएको हो ।

उक्त कृतिको नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)द्वय टेकप्रसाद राई, टेकबहादुर तामाङ, मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्रा डा खगेन्द्रप्रसाद लुइँटेल, नेपाल सरकारका पूर्वसचिव एवं समालोचक गोपीनाथ मैनालीलगायतले विमोचन गर्नुभयो ।

कार्यक्रममा एआइजी राईले समाज रुपान्तरणमा नागरिक र प्रहरीबीचको सहकार्य महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले प्रहरीको व्यस्त सेवामा रहेर पनि आफ्नो साहित्यिक अभियानलाई अगाडि बढाएको भन्दै लेखकप्रति शुभकामना दिनुभयो ।

सामाजिक कामसँगै साहित्य कृति प्रकाशन गर्नु सराहनीय कार्य भएको उहाँको भनाइ थियो । उहाँले प्रतिभावान कर्मचारीलाई अगाडि बढाउन नेपाल प्रहरीले काम गरिरहेको उल्लेख गर्नुभयो । एआइजी राईले नेपाल प्रहरीले आफ्नो पत्रिकामार्फत साहित्यिक कृतिलाई अगाडि बढाउँदै लगेको स्पष्ट पार्नुभयो ।

मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्रा डा लुइँटेलले उपन्यास सानो भए पनि उक्त उपन्यासभित्र धेरै विषयवस्तु भएको बताउनुभयो । “युगीन विकृति, विसङ्गतिको यथार्थ चित्रण गरेको उक्त उपन्यास सामाजिक उपन्यास हो”, उहाँले भन्नुभयो । सरल भाषाशैलीमा लेखिएको उक्त कृति पछिल्लो समयको उत्कृष्ट कृति भएको उहाँको भनाइ छ ।

नेपाल सरकारका पूर्वसचिव एवं वरिष्ठ समालोचक मैनालीले उपन्यासले नेपाली जीवनशैली, ग्रामीण परिवेशलाई उजागर गरेको बताउनुभयो । उहाँले उपन्यासभित्र भाषाशैली केही नमिले पनि उक्त कृति पठनीय रहेको उल्लेख गर्नुभयो । समालोचक मैनालीले उपन्यासलाई चलचित्र बनाउन सकिने बताउनुभयो ।

वरिष्ठ समालोचक एवं लघु कथाकार युवराज मैनालीले ‘दृष्टिपथ’ सामाजिक रुपान्तरणका लागि लेखिएको उपन्यास भएको बताउनुभयो । उहाँले लेखकमा साहित्यप्रति अथाह भविष्य रहेको उल्लेख गर्नुभयो ।

मुक्तिनाथ दर्शन साहित्य समाज नेपालका अध्यक्ष कलानिधि दाहाल, समाजका संरक्षकद्वय हरिभक्त सिग्देल र प्रा डा अर्जुनदेव भट्ट, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) भीमप्रसाद ढकाल, वरिष्ठ पत्रकार विजय चालिसे, साझा प्रकाशनका महाप्रबन्धक भेषराज घिमिरे, सुरभी साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेललगायतले लेखक भण्डारीको कृतिले नेपाली साहित्यमा थप इँटा थपिएको बताउँदै आगामी दिनमा नयाँ कृति लेख्न आग्रह गर्नुभएको थियो ।

उपन्यासका लेखक एवं प्रहरी वरिष्ठ नायब निरीक्षक भण्डारीले स्कुल पढ्दादेखि नै आफूलाई साहित्य क्षेत्रमा रुचि जागेकाले साहित्य क्षेत्रलाई अगाडि बढाएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि नेपाली साहित्य क्षेत्रलाई अगाडि बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पन्ध्रौं डी सिने अवार्डमा मकवानपुरका गौतम पुरस्कृत

न्युजिल्यान्डमा बाल पुस्तक “नेपाली मातृभाषा क ख कोसेली” लोकार्पण

आचार्यलाई ‘शब्दयात्रा अङ्गुरबाबा जोशी शिक्षक सम्मान’ प्रदान गरिने

गण्डकी प्रज्ञा–प्रतिष्ठानले सातजना स्रष्टालाई सम्मान गर्ने

महोत्तरीका वरिष्ठ पत्रकार गोपाल बराललाई प्रेस स्वतन्त्रता सेनानी पदवीवाट सम्मान

‘आमसञ्चारको परिचय’ पुस्तक बजारमा

लिपिबद्ध गरिँदै साल्पा-सिलिचुङको मुन्दुमी मिथक

मेयर बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक

छिन्नलता गीत पुरस्कारको घोषणा

जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रदर्शनी

तारिणीप्रसाद कोइरालाको उपन्यास “प्रभा” सार्वजनिक

‘आर्टिष्ट कलाकारलाई स्थानीय स्तरबाट संरक्षण गर्नुपर्छ’