सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

गीतकार थापा र गायिका देशार सम्मानित

२०८० चैत्र ३०, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठानले गीतकार राजेन्द्र थापा र गायिका निशा देशारलाई सम्मान गरेको छ । गीतकार थापा रु एक लाख राशिको ‘बिजुली माया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार’बाट थापा सम्मानित हुनुभएको हो ।

वरिष्ठ गीतकार नगेन्द्र थापा, साहित्यकार एलबी क्षेत्री,मञ्जु थापा,गायिका सुशीला मानन्धरले गीतकार थापालाई बिहीबार हेटौँडामा आयोजित कार्यक्रममा नगदसहित दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

यसैगरी, रु २५ हजार राशिको ‘भीम विराग युवा सङ्गीत पुरस्कार २०७९’ बाट गायिका देशार सम्मानित हुनुभयो ।

सम्मानपछि गीतकार थापाले आफूले भोगेको समाज, परिस्थितिलाई गीतका माध्यमबाट व्यक्त गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “म बन्दुक बोकेको मान्छे हुँ तर कलम मेरो प्रिय हो, भीम विरागलाई सम्झिरहनेछु, म उहाँको प्रशंसक हुँ ।”

उद्यमी–व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले २०६४ सालमा आमा बिजुलीमाया वनः श्रेष्ठको नाममा बिजुली माया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय पुरस्कार स्थापना गर्नुभएको हो । यसबाट गीत तथा सङ्गीत क्षेत्रका सशक्त व्यक्तित्व अम्बर गुरुङ, प्रेमध्वज प्रधान, भक्तराज आचार्य, फत्तेमान राजभण्डारीलगायत सम्मानित हुनुभएको छ ।

प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठले थापा र देशारको योगदानको कदर गर्दै उहाँहरूलाई सम्मान गरिएको बताउनुभयो । प्रतिष्ठानले भाषा, साहित्य, कला र सङ्गीतको उन्नयनमा योगदान गर्नेलाई पुरस्कार प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पन्ध्रौं डी सिने अवार्डमा मकवानपुरका गौतम पुरस्कृत

न्युजिल्यान्डमा बाल पुस्तक “नेपाली मातृभाषा क ख कोसेली” लोकार्पण

आचार्यलाई ‘शब्दयात्रा अङ्गुरबाबा जोशी शिक्षक सम्मान’ प्रदान गरिने

गण्डकी प्रज्ञा–प्रतिष्ठानले सातजना स्रष्टालाई सम्मान गर्ने

महोत्तरीका वरिष्ठ पत्रकार गोपाल बराललाई प्रेस स्वतन्त्रता सेनानी पदवीवाट सम्मान

‘आमसञ्चारको परिचय’ पुस्तक बजारमा

लिपिबद्ध गरिँदै साल्पा-सिलिचुङको मुन्दुमी मिथक

मेयर बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक

छिन्नलता गीत पुरस्कारको घोषणा

जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रदर्शनी

तारिणीप्रसाद कोइरालाको उपन्यास “प्रभा” सार्वजनिक

‘आर्टिष्ट कलाकारलाई स्थानीय स्तरबाट संरक्षण गर्नुपर्छ’