सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

तीन सर्जकका तीन कृति लोकार्पण

२०८१ बैसाख १, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः वरिष्ठ संस्कृतिविद् तथा साहित्यकार तेजेश्वरबाबु ग्वंगसहित तीन सर्जकद्वारा लिखित तीन पुस्तक सार्वजनिक गरिएको छ ।

नयाँ वर्ष २०८१ सालको अवसर पारेर एकै साथ साहित्यकार ग्वंगद्वारा लिखित ‘संस्कृतिका आयाम’ निबन्ध सङ्ग्रह, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीद्वारा लेखिएको ‘भिन्नभिन्न ताल र सुरका झङ्कारहरु’ निबन्ध सङ्ग्र्रह तथा साहित्यकार तथा पत्रकार जीतेन्द्र रसिकद्वारा लिखित र ‘युगको तेज’ (वरिष्ठ संस्कृतिविद् तथा निबन्धकार तेजेश्वरबाबु ग्वंगःको जीवनी) सार्वजनिक गरिएको हो ।

समी साहित्य प्रतिष्ठानले सूर्यविनायकमा आयोजना गरेको तीन पुस्तक विमोचन कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला, प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपाललगायत पुस्तकका लेखकले संयुक्तरुपमा कृति लोकार्पण गर्नुभयो ।

कार्यक्रममा पूर्वकुलपति काइँलाले तिनै सर्जकको कृतिले नेपाली वाङ्मय क्षेत्रमा महत्वपूर्ण योगदान पु-याउने बताउनुभयो । लेखक तथा वरिष्ठ संस्कृतिविद् ग्वंगःले लेखन र जीवनको अर्थबोधबारे चर्चा गर्नुभएको थियो । लेखक तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले आफूले लेखन कार्यलाई निरन्तरता दिएको बताउनुहुँदै निकट भविष्यमा आफ्नो जेल जीवनको संस्मरण प्रकाशित गर्ने बताउनुभयो ।

त्यस्तै लेखक जीतेन्द्र रसिकले तेजेश्वरबाबु ग्वंगः अधिक चेतनाको खानी भएको र जीवनी कृति यो युगको एक दस्तावेज भएको चर्चा गर्नुभयो । कार्यक्रममा प्रा डा कुमार कोइराला, गीता त्रिपाठी र साहित्यकार गोपीकृष्ण ढुङ्गानाले तीनवटै पुस्तकको समीक्षा गर्नुभएको थियो ।

प्रतिष्ठानका कार्यकारी प्रमुख डोलिन्द्रप्रसाद शर्माले नेपाली भाषा, साहित्य, कला, संस्कृति, सम्पदा क्षेत्रका कृति प्रकाशन गरी प्रतिष्ठानले नेपाली वाङ्मयमा योगदान दिन सक्रिय भएको बताउनुभयो । उहाँले ‘समी साहित्य साधना सम्मान’ लगायतका सम्मान तथा पुरस्कार पनि छिट्टै घोषणा हुने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पन्ध्रौं डी सिने अवार्डमा मकवानपुरका गौतम पुरस्कृत

न्युजिल्यान्डमा बाल पुस्तक “नेपाली मातृभाषा क ख कोसेली” लोकार्पण

आचार्यलाई ‘शब्दयात्रा अङ्गुरबाबा जोशी शिक्षक सम्मान’ प्रदान गरिने

गण्डकी प्रज्ञा–प्रतिष्ठानले सातजना स्रष्टालाई सम्मान गर्ने

महोत्तरीका वरिष्ठ पत्रकार गोपाल बराललाई प्रेस स्वतन्त्रता सेनानी पदवीवाट सम्मान

‘आमसञ्चारको परिचय’ पुस्तक बजारमा

लिपिबद्ध गरिँदै साल्पा-सिलिचुङको मुन्दुमी मिथक

मेयर बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक

छिन्नलता गीत पुरस्कारको घोषणा

जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रदर्शनी

तारिणीप्रसाद कोइरालाको उपन्यास “प्रभा” सार्वजनिक

‘आर्टिष्ट कलाकारलाई स्थानीय स्तरबाट संरक्षण गर्नुपर्छ’