सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८१ शनिबार
May 18, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

डिग्री माइलाको गीत सार्बजनिक

२०८० चैत्र २२, बिहिबार

काठमाण्डौः आगामी चैत ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘डिग्री माइला’ को नयाँ गीत ‘किन ?’ सार्वजनिक गरिएको छ ।

बुधबार सार्वजनिक गीतमा हेमन्त रानाको शब्द रचना, संगीत तथा गायन रहेको छ । गीतमा अभिनेता दयाहाङ राई र अभिनेत्री आँचलबीचको प्रेम देखाइएको छ ।फिल्मले यस गीतबाट फिल्म अन्तरजातीय प्रेमकथामा बनेको अनुमान गर्न सकिन्छ ।

रामबाबु गुरुङको निर्देशनमा तयार भएको फिल्ममा प्रकाश घिमिरे, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, हिउँवाला गौतम, कमलमणि नेपाल, सोमनाथ खनाल, पशुपति राई, लोकेन्द्र लेखक आदिको पनि अभिनय रहेको छ ।

फिल्मको निर्माताहरुमा विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ छन् । कार्यकारी निर्माता क्रिश लामा हुन् । ‘डिग्री माइला’ नाटकमाथि बनेको फिल्म हो । २०६९ र २०७१ सालमा मण्डला थिएटरमा ‘डिग्री माइला’ नाटक मञ्चन भएको थियो ।

नाटकलाई दयाहाङले निर्देशन गरेका थिए । रामबाबुले नाटककै कथालाई केही परिमार्जित गरेर फिल्मको स्वरुप दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘पूजार सार्की’को ‘जाऊँ माया’गीत सार्बजनिक

धमलाको टिभीमा ‘कमेडी दरबार’, असार १४ बाट प्रसारण हुने {भिडियो}

‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक

सहकारी ठगीको विषय रहेको ‘खजुरे ब्रो’को ट्रेलर सार्वजनिक

अभिनेता साहिल खान गिरफ्तार (भिडिओ)

अनमोलको ‘फर्की फर्की’ ट्रेलर दुई दिनमा नै २२ लाख पटक हेरियो

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ सार्वजनिक

दयाको जन्मदिनमा `डिग्री माईला` को शिर्ष गीत

यस्तो छ भन्सालीको वेब सिरिज ‘हीरामन्डी’ को ट्रेलर (भिडिओ)

सौगात र विपिन अभिनित फिल्म ‘द रेड सुटकेस’ को ट्रेलर सार्वजनिक

प्रतिनिधिसभा बैठक जारी [लाइभ]

गायक अर्जुन कुँवरको नयाँ गीतमा अन्तरजातीय प्रेमको कुरा (भिडियोसहित)